• बुढी खोलामा जथाभावी नदीजन्य सामाग्री उत्खनन गर्दा नजिकैको बस्ती नै जोखिममा परेको छ । मोरङको सुन्दरहरैचा वडा नम्बर चारतर्फ बुढी खोलाबाट जथाभावी रुपमा दोहन हुँदा जोखिम बढेको स्थानीयले बताएका हुन । खोलामा बालुवा गिटी उत्खनन् गर्दा नदि नियन्त्रणका लागि बनाइएका संरचना समेत भत्किएको स्थानीयको आरोप छ ।

    जथाभावी उत्खनन रोक्न नगरले पनि पहल नगरेको स्थानीयको आरोप छ । नगर र उत्खननको जिम्मेबारी पाएको ठेकेदार भने एक अर्कालाई आरोप लगाउदै जिम्मेबारीवाट पन्छिने गरेका छन ।

    खोला उत्खननका नाममा व्यक्तिले भोगचलन गर्दै आएको जमिनबाट समेत नदिजन्य सामग्री कटान गरेर लैजाने गरिएको स्थानीयको आरोप छ । वुढी खोलापुलदेखि चरिगुवासम्म ठेक्का नलगाएको ठाँउमा उत्खनन गरिएपछि स्थानीय आक्रोशित भएका हुन् ।

4565