-
प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज ८ जना मन्त्री नियुक्त गरेका हुन् । आईतबार कांग्रेसबाट तीन, नेकपा माओवादी केन्द्रबाट दुई र नेकपा (एकीकृत समाजवादी)बाट तीन जना मन्त्रीमा नियुक्त भएका हुन् । खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषिमन्त्रीमा माओवादीका प्रमुख सचेतक झलकबहादुर मगर नियुक्त भएका छन् ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का राजन राई सामाजिक विकास, खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृति र उपेन्द्र घिमिरे सूचना, यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा नियुक्त भएका छन् । कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा ओमप्रकाश सरावगी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम नियुक्त भएका छन् ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको सरकारले मन्त्रालयको संख्या ७ बाट १३ पुु¥याउने निर्णय गरेको थियो । यसअघि मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका नेता जयराम यादव स्वास्थ्यमन्त्री, कांग्रेसका उपनेता हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री, आर्थिक मामिला तथा योजनामन्त्रीमा आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की छन् । सामाजिक विकास राज्य मन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फे नियुक्त भएका हुन् ।
News Desk 0 response आइतवार, माघ २३, २०७८
-
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
बजेटको विषयलाइ लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद
आइतवार, असार १, २०८२
-
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
सरकारले सुन र हिराको गहनामा लगाएको कर विरुद्धमा इटहरीमा विराध
बिहिबार, जेष्ठ २९, २०८२