-
प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसीका बारेमा सत्तापक्षको धारणा स्पष्ट पार्न सुझाव दिएको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलका क्रममा एमाले अध्यक्ष ओलीले एमसीसीका बिषयमा पहिले सत्ता पक्षमा स्पष्ट निर्णय हुनुपर्ने बताएकाहुन ।
छलफलका क्रममा प्रधानमन्त्री देउवाले एमालेलाई एमसीसीलगायतका विषय अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए भने माओवादीका अध्यक्ष प्रचण्डले एमसीसीलाई सङ्घीय निर्वाचन पछाडि मात्रै सम्बोधन गर्ने गरी प्रतिपक्षीसहित आग्रह गरौँ भन्ने धारणा राखेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
सो सन्दर्भमा सत्ता पक्षले सरकार र गठबन्धनको तर्फबाट प्रष्ट धारणा राख्न एमालेले आग्रह गरेको उनले बताए । त्यस्तै प्रधानमन्त्री देउवाले राष्ट्रिय सरोकारका मुद्दामा छलफल हुने वातावरण बनाउन र संसद्को बैठक नियमित कारबाहीमा प्रवेश गर्ने वातावरण बनाउन प्रमुख प्रतिपक्षीलाई आग्रह गरेका थिए ।
एमालले आफूहरू उपस्थित भएर भाग लिने वातावरण बनाउन तयार भएको र त्यसका लागि आफूहरूले कारबाही गरेका १४ सांसदको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले गरेको निर्णयका कारण असजिलो भएको धारणा राखेको पोखरेलले बताए । छलफलमा स्थानीय तहको निर्वाचन, कोभिडको खोपको अपचलन र एक विभागीय मन्त्रीले हिंसालाई प्रोत्साहन गरेको र उनलाई कुनै कारबाही नभएको सन्दर्भमा एमालले सरकारको ध्यानकर्षण गराएको एमाले महासचिव पोखरेलले जानकारी दिए ।
त्यस्तै कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले स्थानीय तहको निर्वाचन, संसद्को गत्यावरोधको अन्त्य तथा एमसीसीका बिषयमा छलफल भएको र सरकार र प्रतिपक्षीबीच सम्वादलाई निरन्तरता दिने सहमति भएको बताए । उनले एमसीसीमा देखिएको भ्रम छिटै अन्त्य हुने र कार्यान्वयनमा जाने धारणा राखे । उनले एमसीसीको पत्रका बिषयमा गठबन्धन दलमा कुनै समस्या नरहेको बताए ।
कार्कीले सवै बिषयमा सकारात्मक रुपमा छलफल भएको र आगामी बैठकमा निष्कर्ष निस्कने जानकारी दिए ।
News Desk 0 response आइतवार, माघ २३, २०७८
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

शुक्रबार, अशोज ९, २०८३