-
प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसीका बारेमा सत्तापक्षको धारणा स्पष्ट पार्न सुझाव दिएको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलका क्रममा एमाले अध्यक्ष ओलीले एमसीसीका बिषयमा पहिले सत्ता पक्षमा स्पष्ट निर्णय हुनुपर्ने बताएकाहुन ।
छलफलका क्रममा प्रधानमन्त्री देउवाले एमालेलाई एमसीसीलगायतका विषय अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए भने माओवादीका अध्यक्ष प्रचण्डले एमसीसीलाई सङ्घीय निर्वाचन पछाडि मात्रै सम्बोधन गर्ने गरी प्रतिपक्षीसहित आग्रह गरौँ भन्ने धारणा राखेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
सो सन्दर्भमा सत्ता पक्षले सरकार र गठबन्धनको तर्फबाट प्रष्ट धारणा राख्न एमालेले आग्रह गरेको उनले बताए । त्यस्तै प्रधानमन्त्री देउवाले राष्ट्रिय सरोकारका मुद्दामा छलफल हुने वातावरण बनाउन र संसद्को बैठक नियमित कारबाहीमा प्रवेश गर्ने वातावरण बनाउन प्रमुख प्रतिपक्षीलाई आग्रह गरेका थिए ।
एमालले आफूहरू उपस्थित भएर भाग लिने वातावरण बनाउन तयार भएको र त्यसका लागि आफूहरूले कारबाही गरेका १४ सांसदको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले गरेको निर्णयका कारण असजिलो भएको धारणा राखेको पोखरेलले बताए । छलफलमा स्थानीय तहको निर्वाचन, कोभिडको खोपको अपचलन र एक विभागीय मन्त्रीले हिंसालाई प्रोत्साहन गरेको र उनलाई कुनै कारबाही नभएको सन्दर्भमा एमालले सरकारको ध्यानकर्षण गराएको एमाले महासचिव पोखरेलले जानकारी दिए ।
त्यस्तै कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले स्थानीय तहको निर्वाचन, संसद्को गत्यावरोधको अन्त्य तथा एमसीसीका बिषयमा छलफल भएको र सरकार र प्रतिपक्षीबीच सम्वादलाई निरन्तरता दिने सहमति भएको बताए । उनले एमसीसीमा देखिएको भ्रम छिटै अन्त्य हुने र कार्यान्वयनमा जाने धारणा राखे । उनले एमसीसीको पत्रका बिषयमा गठबन्धन दलमा कुनै समस्या नरहेको बताए ।
कार्कीले सवै बिषयमा सकारात्मक रुपमा छलफल भएको र आगामी बैठकमा निष्कर्ष निस्कने जानकारी दिए ।
News Desk 0 response आइतवार, माघ २३, २०७८
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२ -
ड्राइभिङ स्कूल संघ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रममा १२५ पिन्ट रगत संकलन
शुक्रबार, असार २७, २०८२
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२
-
सडक सुरक्षाका लागि युवाको पहल ः तरहरा–इटहरी सडक खण्डमा सरसफाइ अभियान सम्पन्न
बुधबार, असार २५, २०८२ -
मन्जुश्री फाइनान्सले लक्ष्मी माविलाई स्क्यानर ,कलर प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण
मङ्लबार, असार २४, २०८२ -
स्वास्थ्य र सञ्चारको सहकार्यमा जोड दिँदै पाख्रिवासमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
बुधबार, असार २५, २०८२