-
कोरोना संक्रमणको तेस्रो लहर ओमिक्रोन संक्रमणका बीच पनि रोजगारीका लागि विदेश जानेको संख्या बढेको छ । गत पुस महिना मात्र वैदेशिक रोजगारीमा जानका लागि ६६ हजारले श्रम स्वीकृति लिएका छन् ।
नेपालमा कोरोना संक्रमणको तेस्रो लहर फैलदा पनि वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या बढेको छ । विगतमा कोरोना महामारीका कारण निकै असर परेको वैदेशिक रोजगारीमा यसपटकको ओमिक्रोन संक्रमणमा भने खासै असर नपारेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।
गत पुस महिनामा मात्र नयाँ श्रम स्वीकृती लिई करिब ३६ हजार नेपाली रोजगारीका लागि विदेशिएका छन् । यो संख्या गत आर्थिक वर्षको वैशाखदेखि पुससम्मको भन्दा बढी रहेको छ । गत आर्थिक वर्षको यही अवधिको छ महिनामा ३० हजार मात्र वैदेशिक रोजगारीका लागि विदेशी दिए । तर चालू आर्थिक वर्षको वैशाखदेखि पुससम्मको ६ महिनामा रोजगारीका लागि तीन लाख १० विदेशिएका छन् ।
नेपालमा विदेशमा कामदार पठाउनका लागि ८६० वटा वैदेशिक रोजगार कम्पनी दर्ता भएका छन् । यी कम्पनीहरुले श्रम स्वीकृति लिएरै विदेश पठाएका श्रमिकहरुबाट पनि विभिन्न गुनासोहरु आउने गरेका छन् । दैनिकजसो १० वटा कम्पनीबाट पठाएका श्रमिकहरुको गुनासो आउने गरेको विभागले जनाएको छ । विना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेको सँख्या पनि निकै रहेको छ । वैदेशिक रोजगारमा जानेको संख्या बढे पनि भनेअनुसार काम नपाउने समस्याले श्रमिकहरु मारमा परेका छन् ।
News Desk 0 response शुक्रबार, माघ २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
सोमवार, माघ ५, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२