-
प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक भएको छ । रक्षा मन्त्रालयमा शुक्रबार भएको सो बैठकमा रक्षा मन्त्रालय, नेपाली सेना, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति लगायतका निकायबाट दोस्रो त्रैमासिक अवधिमा हासिल भएका प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो ।
समीक्षाको दोस्रो त्रैमासिक अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायबाट चालु खर्चतर्फ वित्तीय प्रगति ५३।२४ र पुँजीगत खर्चतर्फ वित्तीय प्रगति १३।९५ तथा भौतिक प्रगति १६ प्रतिशत हासिल भएको मन्त्रालयले जनाएको छ । बैठकमा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा देखिएका समस्या र चुनौती तथा समाधानका सम्भावित उपायबारे समेत गहन छलफल भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले महत्वपूर्ण कार्यक्षेत्र रहेको रक्षामन्त्रालय, मातहतको नेपाली सेना र अन्य निकायबाट चालु अर्थिक वर्षको हालसम्मको अवधिमा हासिल भएका मुख्य उपलब्धिको समिक्षाले आगामी दिनमा परिणाम हासिल हुने गरी आवश्यक निर्णय लिन सहज हुने बताए ।
सुरक्षा सुशासन र विकासको पूर्वशर्त भएकाले भरपर्दो सुरक्षा प्रवन्ध नभई विकास निर्माणका कार्यलाई सहजरुपमा अघि बढाउन नसकिने बताउदै उहाँले नागरिकलाई भयरहित वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरे ।
राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्र्दै समग्र राष्ट्रिय सुरक्षा प्रणालीलाई बलियो बनाउन मन्त्रालय क्रियाशिल रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “ मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाडौ –तराई÷ मधेश दू्रतमार्ग लगायतका राष्ट्रिय सडक कोरिडर निर्माण समयमै सम्पन्न हुनेछ ।” उनले राष्ट्रिय गौरव र महत्वपूर्ण सडक पूर्वाधार निर्माणका लागि आवयक पर्ने स्रोत साधन अभाव हुन नदिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।
राष्ट्रिययोजना आयोगका उपाध्यक्ष डा विश्व पौडेले विकास निर्माण तथा मन्त्रालयका अन्य कार्यक्रमको वित्तीय र भौतिक प्रगतिबीच सामाञ्जस्यता ल्याउन निर्देशन दिए । मुख्यसचिव शंकरदास वैरागीले सेनाले विश्व शान्ति स्थापनाका लागि गरेको योगदानको प्रशंसा गरे । प्रधानसेनापति प्रभुराम शर्माले सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, द्रूतमार्गलगायतका आयोजना तोकिएको समयमै सम्पन्न गर्न तयार रहेको प्रतिबद्धता जनाए।
मन्त्रालयका सचिव किरणराज शर्माले मन्त्रालयका कार्यक्रम र आयोजना तोकिएको समयमा सम्पन्न गर्न आवश्यक समन्वय, सहयोग र सहजिकरण प्राप्त भएकाले निरन्तरताको खाँचो औल्याए । बैठकमा अर्थ, भौतिक पुर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्रालयका सचिवले आ–आफनो क्षेत्रमा आवश्यक पर्ने सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिारी र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्षसमेतको सो अवसरमा सहभागिता थियो ।रासस
News Desk 0 response शुक्रबार, माघ २१, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२