-
राजस्व अनुसन्धान विभागले १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौँ महानगरपाकिला–१० बस्ने स्टार इण्डिया प्रालि भारतका आधिकारीक बिक्रेता जुपिटर मिडियाका सञ्चालक अञ्जली अरोरा, ब्रिङ मिडियाका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्री रहेका छन् ।
उक्त कम्पनीले विभिन्न फर्म-कम्पनीबाट वस्तु तथा सेवा बेगरको कर बिजक मात्र लिई, सम्झौताअनुसारको आय लुकाई राजस्व छली गरेको विभागले शुक्रबार एक सूचना जारी गरी जनाएको छ । उक्त कम्पनीको नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी नपाउने खर्चसमेत दावी गरेको पाइएको छ । यस्तै मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको अनुसन्धानमा खुलेको जनाइएको छ । विभागले विगो असुल उपर गरी शतप्रतिशत जरिवाना तथा कैद सजायको माग गरेको छ ।रासस
News Desk 0 response शुक्रबार, माघ २१, २०७८
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





