-
पटक–पटकको बर्सातले गर्दा दाङमा करोडौँको इँटामा क्षति भएको छ । दाङ देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन करोड बराबरको इँटामा क्षति भएको हो ।
“समय–समयमा वर्षा भइरहेको छ, यो वर्षाले हाम्रो इँटामा निकै क्षति पुर्यायो,” उनले भने, “अहिलेसम्म करिब तीन करोड क्षति भइसकेको छ ।” पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा पानीले भिजाउँदा नष्ट हुने गरेको उनको भनाइ छ ।
यसले गर्दा पनि यो वर्ष जिल्लामा इँटाको अभाव हुन सक्ने उहाँको भनाइ छ । जिल्लामा हाल ३५ वटा इँटा उद्योग छन् । यस वर्ष घाटा हुने देखिएपछि इँटा उद्योग बन्द हुने अवस्था आएको समेत उनको भनाइ छ ।
यसअघि मात्रै जिल्लामा इँटामा पानीले क्षति गरेपछि मूल्य वृद्धिसमेत गरिएको थियो । १ नं इँटाको प्रतिइँटा १६, २ नं इँटाको १२ र ३ नं इँटाको १० तोकिएको थियो । प्रत्येक इँटामा एक वृद्धि गरिएको छ । राज्यले बीमाको व्यवस्था नगर्दा पनि समस्या उत्पन्न भएको अध्यक्ष योगीले बताए ।
News Desk 0 response शुक्रबार, माघ २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२