-
पटक–पटकको बर्सातले गर्दा दाङमा करोडौँको इँटामा क्षति भएको छ । दाङ देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन करोड बराबरको इँटामा क्षति भएको हो ।
“समय–समयमा वर्षा भइरहेको छ, यो वर्षाले हाम्रो इँटामा निकै क्षति पुर्यायो,” उनले भने, “अहिलेसम्म करिब तीन करोड क्षति भइसकेको छ ।” पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा पानीले भिजाउँदा नष्ट हुने गरेको उनको भनाइ छ ।
यसले गर्दा पनि यो वर्ष जिल्लामा इँटाको अभाव हुन सक्ने उहाँको भनाइ छ । जिल्लामा हाल ३५ वटा इँटा उद्योग छन् । यस वर्ष घाटा हुने देखिएपछि इँटा उद्योग बन्द हुने अवस्था आएको समेत उनको भनाइ छ ।
यसअघि मात्रै जिल्लामा इँटामा पानीले क्षति गरेपछि मूल्य वृद्धिसमेत गरिएको थियो । १ नं इँटाको प्रतिइँटा १६, २ नं इँटाको १२ र ३ नं इँटाको १० तोकिएको थियो । प्रत्येक इँटामा एक वृद्धि गरिएको छ । राज्यले बीमाको व्यवस्था नगर्दा पनि समस्या उत्पन्न भएको अध्यक्ष योगीले बताए ।
News Desk 0 response शुक्रबार, माघ २१, २०७८
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





