-
भारतीय प्रहरी हतियार सहित बर्दिया प्रवेश गरेको छ । भारतीय प्रहरीका दरोगा (उपरीक्षक) अनाधिकृत रुपमा बिहीबार बेलुकी करिब साढे ५ बजे सदरमुकाम गुलरियामा प्रवेश गरेका हुन् । यूपी ५३डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए । उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयले बताएका छन् ।
सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट छिचोल्दै नेपालभित्र प्रवेश गर्दा उनलाई जाँचसमेत गरिएको छैन । प्रहरी पोसाकमाथि ज्याकेट लगाएका उनी कुन प्रयोजनका लागि आएका हुन् भन्नेबारे प्रहरी प्रशासन अहिलेसम्म बेखबर छ ।यस सम्बन्धमा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले सीमामा तैनाथ सशस्त्र प्रहरी पोस्टका सुरक्षाकर्मीसँग जानकारी लिने काम भइरहेको बताए । उता प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले नेपाल गाढीमा तेल हाल्न आएको र तेल हालेर पुन भारत फर्किएको जानकारी दिएकाछनर ।
६ वर्षअघि पनि भारतीय प्रहरी हतियारसहित गुलरिया प्रवेश गरेका थिए । त्यसबेला मञ्जुलकुमार श्रेष्ठको घरबाट दुई जनालाई हतियार देखाउँदै अपहरण गरी लैजाने बेला स्थानीयले विरोध गरेका थिए । त्यसपछि भारतीय प्रहरीलाई नेपाल प्रहरीले स्कटिंग गरी सीमा कटाएका थिए ।
News Desk 0 response बिहिबार, माघ २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२