-
रुपन्देहीको भैरहवामा स्थापना भएको विशेष आर्थिक क्षेत्र सेज अझै पुर्ण रुपमा संचालनमा आएको छैन । उद्योगमैत्री वातावरण हुन नसक्दा हालसम्म पनि सेज पूर्ण रुपमा संचालनमा आउन नसको हो ।
बिशेष आर्थिक क्षेत्र प्राधिकरण बनिसकेको यो क्षेत्र बेलहिया भन्सारको समेत नजिक रहेको छ । ५२ विगाहा क्षेत्रफलमा रहेको सेजमा कूल ६८ वटा प्लट रहेता पनि हालसम्म ६ वटा उद्योग १८ वटा प्लटमा मात्रै संचालन आएका छन् । प्राय सहायक स्तरका कर्मचारीहरुमात्रै भएकाले कार्यालयहरु पनि अस्तब्यस्त छ ।
सेजको नीतिगत समस्याका कारण उद्योगीहरु उत्साहित नबनेकाले तत्काल नियमावली शंसोधन गरी उद्योग मैत्री बनाउन पर्र्नेे माग उद्योगीहरुको छ ।सेज स्थापनाको बर्षौं बितिसक्दा समेत पूर्ण रुपमा संचालनमा आउन नसक्नु दुर्भाग्य भएको यस क्षेत्रका उद्योगि ब्यवसायीले वताएका छन् । ६० प्रतिशत निर्यातको व्यवस्था, प्रशस्त विद्युत आपूर्ति, सुविधायुक्त पूर्वाधार र उचित प्रोत्साहनको अभावका कारण उद्योगीहरुले सेजप्रति खासै चासो दिएका छैनन् ।
करोडौंको लगानी रहेको सेजमा सहायक स्तरका कर्मचारीहरुको भरमा मात्रै उद्योग क्षेत्रको बिकास गर्न संभव छैन । सेजलाई पूर्ण रुपमा संचालनमा ल्याउन सरोकारवाला निकाय र उद्योगी व्यवसायीको सहकार्य आवश्यक छ ।
News Desk 0 response बुधबार, माघ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२