-
सीमा क्षेत्रमा आवत जावत गर्ने मानिसहरुमा कोरोना लगायतका संक्रामक रोग देखिएमा उपचार गर्न बाँकेको हिरमिनियामा निर्माण भइरहेको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चैतसम्म निर्माण सम्पन्न गरिसक्ने जनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ हिरमिनियामा निर्माण भइरहेको होल्डिङ सेन्टरमा हाल करीब ३ सय मानिस राख्न मिल्ने भएको छ । १ हजार क्षमताको होल्डिङ सेन्टर नेपाली सेनाले निर्माण गरिरहेको छ । तत्काल कोरोनाको महामारी भएको खण्डमा सीमा क्षेत्रमा आवतजावत गर्ने मानिसहरुलाई राख्ने उद्देश्यले यति धेरै क्षमता होल्डिङ सेन्टरको निर्माण गरिएको हो ।
नेपाली सेनाको ४ नम्बर बाहिनीले आयोजनाको जिम्मा लिएको छ । सीमा क्षेत्रबाट आवत जावतका क्रममा विभिन्न सरुवा रोग फैलिन नदिन १ हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न लागिएको हो । होल्डिङ सेन्टर संचालनमा आएपछि उपचार र केही समय राखेर मानिसहरुलाई गन्तव्यमा पठाइने छ ।
होल्डिङ सेन्टरमा भारतलगायतका देशहरुबाट नेपाल आउने तथा सीमा क्षेत्रमा आवतजावत गर्ने मानिसहरुमा विशेष गरी कोरोना लगायतका विभिन्न सरुवा रोगको लक्षण देखिएमा उपचारका लागि केही समय राखिनेछ । चिकित्सकसहित स्वास्थ्य उपचार तथा खानबस्न सबै व्यवस्थापन होल्डिङ सेन्टरभित्र रहने जनाइएको छ ।
News Desk 0 response बुधबार, माघ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
सोमवार, माघ ५, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२