-
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेष्ट ४ गते एकै चरणमा स्थानीय निर्बाचन सम्पन्न गर्नका लागि मिति तोक्ने बताएका छन । मंगलबार बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसंगको छलफलमा देउवाले आयोगले प्रस्ताव गरेको जेष्ट ४ गते नै स्थानीय निर्बाचन सम्पन्न गर्नका लागि प्रक्रिया अघि बढाउने बतााएका हुन ।
छलफलमा आयोगले संविधान र कानून बमोजिम जेष्ट ५ गते पछाडी स्थानीय तह रिक्त हुने भएकाले जेष्ट चार गते निर्वाचन गर्न प्रस्ताव गरेको र प्रधानमन्त्रीले सोहि मितिमा निर्वाचन गर्न प्रक्रिया अघि बढाउने जानकारी दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले जेष्ट चारमा निर्वाचन गर्न आयोग पूर्ण रुपमा तयार रहेको समेत जानकारी दिए ।
आयोगले स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री देउवालाई अनुमानित खर्चबारे जानकारी गराएका थिए ।
News Desk 0 response मङ्लबार, माघ १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





