• संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आउँदो बुद्ध जयन्तीभन्दा अगावै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारी भइरहेको बताएका छन । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्र्रष्ट्रिय विमानस्थल आयोजनाको प्रगति विवरण लिँदै शनिबार मन्त्री आलेले विमानस्थल संचालनमा अब कुनै पनि खालको बिलम्ब नहुने गरी योजना बनाइएको बताए ।

    तर मौसम प्रतिकूलताका कारण पछिल्लो समयमा परीक्षण उडानमा ढिलाइ भइरहेको उनको भनाइ छ । मन्त्री आलेले विमानस्थल संचालनमा आउनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल विद्यमान एयर ट्राफिकको समस्या समाधान हुने बताए ।

    निर्माण कार्यको ठेक्का लिएको थाइल्याण्डको एरो थाइ कम्पनीले विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको कम भइरहेको जानकारी दिए । एरो थाइले परीक्षण उडानका लागि विमानसहित मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका कामको जिम्मा पाएको छ ।

4565