-
सर्वोेच्च अदालतले नक्कली कम्पनी खडा गरी राजस्व छली प्रकरणमा मुछिएका एक आरोपितलाई धरौटी रकममा राहत दिएको छ । उच्च अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर मुद्दामाथि प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना मल्ल प्रधानको संयुक्त इजलासले निवेदक उमा शंकर रायभरलाई धरौटी रकममा राहत दिएको हो ।
उनको नाममा दर्ता भएको ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स प्रालिले राजस्व छली गरेको पाइएपछि सरकारले उनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । उच्च अदालत पाटनले उनीमाथि ७५ हजार रुपैयाँ धरौटीको आदेश दिएको थियो । तर सर्वोेच्च अदालतले रायभारको नाममा व्यापारिक संस्था दर्ता रहे पनि उक्त संस्थाको सम्पूर्ण बैंकिङ कारोबार, चेक भुक्तान लगायतका खाता प्रयोग गर्ने व्यक्ति सरोजकुमार मिश्र रहेको ठहर गर्दै धरौटी रकममा राहत दिँदै ७५ हजारबाट झारेर २५ हजार कायम गरेको हो ।
राय भारसँग २५ हजार धरौटी लिएर तारेखमा राखी कानुन बमोजिम पुर्पक्ष गर्न पनि अदालतले आदेश दिएको छ । निवेदक राय भारको तर्फबाट अधिवक्ता राधिका खतिवडाले निःशुल्क बहस गरेकी थिइन् ।
News Desk 0 response शुक्रबार, माघ १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





