• जापानले नेपाललाई १० अर्ब ४७ करोड बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । अर्थसचिव मधुकुमार मरासिनी र जापानी राजदूत किकुता युताकाले ऋणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    जापानी दूतावासले विज्ञप्ति जारी गर्दै आर्थिक वृद्धि र पुनउत्र्थानका लागि जापानले ऋण प्रदान गर्ने निर्णय गरेको जनाएको छ । ऋणसम्झौतालाई कार्यान्वयन गर्नेबारे सम्झौतापत्रमा आजै जापानी सहायता नियोग जाइकाका प्रमुख प्रतिनिधि आसाकुमा युमिको र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता र समन्वय शाखाका सहसचिव इश्वरीप्रसाद अर्यालबीच हस्ताक्षर भएको छ ।

4565