-
नेपालमा थप १२ हजार ८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १८ हजार १ सय ३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४ सय ३२ र सात हजार ८०६ जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या १० लाख ४५ हजार ६ सय ३४ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण हालसम्म ११ हजार ६ सय ६७ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २७ हजार २ सय ७९ संक्रमित कोरोना मुक्त भएका छन् । हाल नेपालमा ८८ हजार ९ सय ३४ सक्रिय संक्रमित आइशोलेशन र १ सय ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, माघ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३