• काठमाडौंका विभिन्न ठाउँमा गुणस्तरहीन मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं–२७ ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । मह उत्पादन गर्ने ठाउँबाट ७ हजार ६ सय तयारी तथा कच्चा मह बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

    श्रेष्ठले विगत सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा ‘नतिजा प्याकेजिङ’ नामको कम्पनी सञ्चालन गरी मह बिक्री वितरण गर्दै आएको खुलेको छ । त्यो कम्पनीले ‘स्पर्श हनी’ नामको लेबल टाँसेर बिक्री वितरण गर्ने गरेको थियो । उनले मह बनाउँदा ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चापदार्थ मिसावट गर्ने गरेको खुलेको छ ।

    स्पर्श हनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्दा गुणस्तर अनुरुप नरहेको र खान योग्य नरहेको खुलेको छ ।

4565