• काठमान्डौमा विगत २२ वर्षदेखि मदिराको व्यापार गर्दै आएका अग्रवाल दाजुभाई एका एक सम्पर्क विहिन भएकाछन् । ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल सम्पर्कविहीन भएपछि अहिले काठमाडौं प्रहरी परिसरमा पैसा डुबेको भन्दै फोनको ओइरो आईरहेको प्रहरीले बताएको छ ।

    कतिपय परिसरमै पुगेर गुनासो गरिरहेका छन् । ‘अग्रवाल दाजुभाइ सम्पर्कमा छैनन् भन्ने खबर आयो मेरो ऋण लिएको छ के गर्ने होला’ भन्दै प्रहरीमा गुनासो गरिरहेका छन् ।

    ग्रीनलाइन सेन्टर कम्पनीमा अमित अग्रवाल प्रमुख कार्यकारी अधिकृत र अभिषेक अग्रवाल प्रबन्ध निर्देशक छन् । उनीहरू सहोदर दाजुभाइ हुन् भने उनका बुबा ओमप्रकाश अग्रवालले नै यो कम्पनीको स्थपना गरेका हुन् ।

    ग्रीनलाइन सेन्टर नेपालमा महंगो रक्सी बेच्न कम्पनी हो । १ बोतलको ६ लाख रुपैयाँ पर्ने रक्सीसमेत यो सेन्टरले बेच्ने गरेको थियो ।२२ वर्षदेखि विदेशी मदिरा नेपाल भित्र्याएर बेच्ने यो कम्पनी नेपालको सबैभन्दा महंगो रक्सी बेच्ने कम्पनीमा गनिन्छ । रामशाह पथ अमेरिकन दाताबास अर्थात फोहोरा दरवार अगागी रहेको पसल अहिले बन्द अवश्थामा रहेको छ ।

4565