• संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालय पुगेर बतास कम्पनीले बनाउन खोजेको संरचनाको निरक्षण गरेकाछन् ।

    निरिक्षणका क्रममा मन्त्री आलेले कपी सपको बहानामा ठूलै संरचना बनाउन खोजेको देखिएको बताए । त्यस्तै उनले सो क्षेत्रमा रहेको बंकरभित्र पनि निरक्षण गरेका थिए । संरचना हेर्दा कफी सप नभई नाचगान र मदिरापानसम्मका लागि तयारी गरिएको देखिएको उनले बताए । उनले कपीसपका लागि मात्रै अनुमति दिइएको अभिव्यक्ती दिएका योगेश भट्टराईलाई एकपल्ट आएर अवलोकन गर्न सुझाव दिए ।

    उनले नारायणहिटी संग्रहालयमा संरचना निर्माणका बिषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीलाई जानकारी गराइएको बताए ।

    पुरातत्विक संरचनालाई मासेर कंक्रिटका भवन बनाउनु निन्दनीय रहेको उल्लेख गर्दै मन्त्री आलेले संरक्षण गर्ने जिम्मा पाएको कार्यालयका प्रमुखले उत्तरदायी भूमिका निर्वाह गर्न नसकेको बताए ।

4565