-
तनहुँको बन्दिपुर गाउँपालिका– ६ धरमपानीमा जिप दुर्घटना हुँदा नौ महिने शिशुसहित ६ जनाको मृत्यु भएको छ । सारङघाटबाट धरमपानी बाक्से आउँदै गरेको ग एक ज ६५५५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिव एक सय मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बन्दिपुर–६ बाक्से हटियामा भएको दुर्घटनामा बन्दिपुर–६ धरमपानी बस्ने ९ महिने शिशु आरुबी थापासहित सोही ठाउँका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा परी घाइते भएका ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया बीमाया गुरुङको उपचारका क्रममा मृत्यु भएको छ । जिपमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ । तिमध्ये एक जनाको अवस्था गम्भिर छ । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
News Desk 0 response शनिबार, माघ १, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





