-
पोषिलो एवं संतुलित भोजनको अभाव रहेका बालबालिकाहरुलाई बालभिटा निकै उपयोगी मानिन्छ । तर महोत्तरीमा भने तेही बालभिटा हजारौंको संख्यामा स्वास्थ्य कार्यालय महोत्तरीको प्राङ्गणमै रहेको फोहरको डंगुरमा फेला परेको छ ।
महोत्तरी जिल्लाको दुई दर्जन बढी स्वास्थ्य संस्थाहरुमा महिनौदेखि बालभिटाको अभाव रहेको बेला स्वास्थ्य कार्यालय महोत्तरीको पछाडिपट्टी फोहरसँगै फालिएको अवस्थामा करीब ३० हजार प्याकेट बालभिटा भेटिएको छ । हजारौ बट्टामा फालिएको ती बालभिटाको कुनैपनि बट्टामा उत्पादन मिति तथा प्रयोग गर्न नमिल्ने एक्सपायर मिति लेखिएको छैन् । तर बालबालिकाहरुको लागि उपयोगी बालभिटा कसैको प्रयोगमा नआएर ठूला खाल्डाभरि फोहरको डंगुरमा फालिएको भेटिनुले स्वास्थ्य कार्यालय महोत्तरीका कर्मचारीको चरम लापर्बाही देखिएको छ ।
स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाको प्रत्येक स्वास्थ्य संस्थामा विभिन्न आवश्यक औषधी सहित बालबालिकाहरुको लागि बालभिटा पनि पु¥याउनु पर्ने हो । विगत एक वर्षदेखि जिल्लाका कुनैपनि स्वास्थ्य संस्थाहरुले सहजरुपमा बालभिटा पाएका छैनन् तर स्वास्थ्य अधिकारी भने यसबारे अनबिज्ञता देखाउछन ।
सरकारले सबै बालबालिकाहरुलाई रक्त अल्पता, भिटामिनको कमी लगायतबाट बचाउनका लागि बालबिटा बितरण कार्यक्रम ल्याएको तर लापर्वाहीका कारण वितरण नगर्दा कर्मचारीहरु कै मिलेमता भएको प्रष्ट हुन्छ ।
जिल्लामा बालबालिकाहरु विभिन्न प्रकारका कुपोषणबाट प्रभाबित भैरहेका बेला उनीहरुलाई कुपषोण मुक्त गर्ने ठोस योजना बनाउनुको साटो भएको पोषणयुक्त बस्तु पनि फोहरको डंगुरमा भेटिनुले स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मी कति लापरवाही छन भन्ने प्रष्ट हुन्छ ।
News Desk 0 response बुधबार, पुस २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





