• इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन सुरु गरिने भएको छ । माघ ५ गते पहिलो पटक १ सय २५ जना नेपाली श्रमिक इजरायल जाने निश्चित भएको हो । पहिलो पटक त्यहाँका दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभरको तालिम गरेका सहायक कामदारहरु जाने तय भएको श्रम तथा रोजगार विभागले जनाएको छ ।

    इजरायलसँग सम्झौता भएका र भिसाको प्रक्रिया पुरा गरेका १ सय २५ जना श्रमिकलाई हवाई टिकट खरिद गर्न विभागले आग्रह गरिसकेको छ । इजरायलले नेपालवाट पहिलो चरणमा १ हजार १ सय ७५ जना श्रमिक छनोट गरेको छ । तीमध्ये करिब ७ सय जनासँग करार सम्झौता भइसकेको छ । इजरायल जानेको सूचीमा ८ सय २१ जना महिला र ३ सय ५४ जना पुरुष रहेका छन । इजरायल जाने श्रमिकले त्यहाँ जाँदा लाग्ने सम्पूर्ण खर्च आफैं तिर्नु पर्नेछ । उनीहरुले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैं बेहोर्नुपर्ने भएको हो । नेपाली कामदारले एक लाख ८६ हजार रुपैयाँ तलव पाउनेछन ।

4565