-
केहि दिनदेखि तराईका जिल्लामा बढेको शितलहरका कारण मध्य तराईका बारा, पर्सा, रौतहट लगायतको बिभिन्न जिल्लाको जनजिवन कष्टकर बनेको छ । दुई दिनदेखि चलेको शितलहरले मानिसहरुलाई हिडडुल गर्न समेत समस्या भएको छ ।
धाम नलाग्ने र हावा चल्ने भएपछि चिसो बढेको हो । मध्य तराईमा चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाहरुको स्वास्थ्यमा बढी असर पार्ने गरेको छ । त्यधिक चिसो र शितलहरका कारण सवारी साधन संचालनमा कठिनाई भएको देखिन्छ । चिसोबाट बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा पर्ने गरेकोले सजग रहन चिकित्सकले सुझाव दिएका छन ।
शितलहरसँगै चलेको हावाले झन् हुस्सु र चिसो बढाएको छ । चिसोका कारण बाराको सदरमुकाम कलैयाका साथै जितपुरसिमरा उपमहानगरपालिकाको मुख्य बजार जितपुर र सिमरामा मानिसको चहलपहलमा कमि आएको देखिएको छ । शीतलहरसँगै बढेको चिसोले पशु तथा बालीनालीमा पनि प्रभाव पारेको छ । जाडोबाट बच्नका लागि तराईका ग्रामिण भेगमा आगो बालेर घुर ताप्न थालिएको छ । निजगढ लगायत शहरमा किनमेल र हिड्डुल गर्ने सर्वसाधारणको संख्या घटेको छ ।
सम्भावित दुर्घटनाबाट बाँच्नको लागि ट्राफिक प्रहरी कार्यलय बाराले साना गाडी टाक्टर, अटोमा टल्कने गरि रातो स्टिकर टास्ने, गाडीको चालकलाई निम्न गतिमा र गाडीको बत्ती बालेर आवत जावत गर्नको लागि आग्रह गरेको छ । ट्राफिक प्रहरीले् स्पीड मिटरको प्रयोग समेत प्रयोग गर्न थालेको छ ।
शितलहरसँगै चलेको हावाले झन् हुस्सु र चिसो बढाएको छ । बाक्लो हुसुसँगै परेको शितलहरको कारण सदरमुकाम कलैयाका साथै जिल्ला भित्र रहेका बिभिन्न सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको उपस्थिति पातलिदै गएको देखिन्छ । त्यस्तै दैनिक १५ वटा उडान भर्दै आएको सिमरा बिमान स्थलमा पनि उडान हुन सकेको छैन ।
उडान तथा अवतरणका लागि आवश्यक भिजिविलिटी नहुृँदा दुई दिनबाट सबै उडानसेवा रद्द भएका हुन । चिसोबाट बाँच्नका लागि गाउँ गाउँमा रहेका दलित जनजातीहरुलाई बिभिन्न संघ संस्थाहरुले राहत स्वरुप कम्बल बितरण गरेको भएपनि सरकारी निकायले भने कुनै पहल गरेका छैनन ।
News Desk 0 response बिहिबार, पुस २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





