-
भागबण्डा नमाग्ने र गुट पनि नबनाउने घोषणा गरेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बुधबार आफू पक्षीय नेताहरुको बैठक राखेका छन् । सिंहदरबार अगाडि रहेको एक होटलमा भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाल लगायतका नेता सहभागि थिए । बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले देउवाले विधि, सिद्धान्त र नीतिलाई मिचेर अघि बढेकाले पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी दिए । देउवाले आफू इतरका नेता कार्यकर्तालाई नियोजित रुपमा पाखा लगाउन थालेको भन्दै कोइरालाले त्यसविरुद्ध डटेर आवाज उठाउनुको विकल्प नरहेको पनि उल्लेख गरे ।
बैठकमा १४ औं महाधिवेशनमा कोइराला पक्षबाट केन्द्र तथा प्रदेशमा उम्मेदवार बनेका नेताहरु सहभागी भएका थिए । बैठकमा गत महाधिवेशनको समीक्षा र आगामी रणनीतिका विषयमा छलफल भएको थियो । त्यस्तै पहिलो र दोस्रो केन्द्रीय समितिको बैठकको निर्णयका साथै पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहप्रति देखाएको अनुदारताका विषयमा पनि छलफल भएको थियो । पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका कोइराला देउवासँग पराजित भएका थिए । यसअघि कोइरालाले आफूले काँग्रेसमा गुटको राजनीति नगर्ने बताएपनि बुधबारका लागि गुटको बैठक बोलाएका हुन् ।
News Desk 0 response बुधबार, पुस २१, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३