• सुदुरपश्चिम प्रदेश सरकार वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध करिब सात करोड रुपैया भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिष्टउपर ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरेको हो ।

    अख्तियारले बिष्टसँग ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा श्रोत नखुलेको सम्पत्ति भेटिएको आरोप लगाएको छ । पदको दूरुपयोग गरी भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति विष्टकी श्रीमती रुवी जिसी विष्टको नाममा रहेको भन्दै अख्तियारले उनी विरुद्ध पनि मुद्धा दायर गरेको छ ।

4565