• प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार दिनभर धरानमा आधादर्जन कार्यक्रममा सहभागी भएका छन । देउवा धरान स्थापना दिवस लगायतका कार्यक्रममा सहभागी भएका हुन । धरान स्थापना दिवसको उदघाटन गर्दै उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा देखिएको समस्या समाधानमा सरकारले सक्रियता देखाउने बताए । धरानलाई शिक्षा र स्वास्थ्यको हव बनाउने प्रतिबद्धता समेत देउवाले व्यक्त गरे ।

    धरानमा रहेका धार्मिक पर्यटकीय स्थलहरुको विकासमा समेत सरकारले सहयोग गर्ने प्रधानमन्त्री देउवाले आश्वासन दिए । धरान १२ स्थित पब्लिक हाईस्कुलको प्राङ्गणमा मंगलबारदेखि शुरु भएको स्थापना दिवसको कार्यक्रम तीन दिनसम्म चल्नेछ । प्रधानमन्त्री देउवाले धरान दुईमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवनको उदघाटन समेत गरेका छन । उनले धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको पनि उदघाटन गरे । प्रधानमन्त्री देउवाले धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गरेका छन ।उनले मंगलबार नै धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको पनि उदघाटन गरेका छन ।

4565