• अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन मल खरिद गरेको अभियोगमा १२ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा १२ जनाविरुद्ध मुद्दा दायर गर्दै एक अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ विगो दाबी गरेको हो ।

    अख्तियारले कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालक नेत्र भण्डारीसहित जोशी बिज हाउस र नेपाल इन्भारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेजका पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।

    सेभिसेजका प्रबन्ध निर्देशन सतीत देवकोटा, ल्याब डाइरेक्टर सुनिलबाबु खत्री, सिनियर सर्भियर महेन्द्र कुमार, प्रयोगशाला तथा परामर्श दाता भोलानाथ चौधरी लगायत विरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । कम्पनी र आपूर्तिकर्ताबीच विना प्रतिस्पर्धा ठेक्का सम्झौता गरेको अभियोग अख्तियारले लगाएको छ ।

4565