-
सन् २ हजार २१ कोरोनाभाइरसको महामारीको निरन्तरता र राजनीतिक परिवर्तनकालागि भएका क्रियाकलापका कारण चर्चामा रह्यो । त्यसबाहेक विश्व जलवायु सम्मेलन तथा प्रविधिको क्षेत्रमाभएका अनौठा विकासले पनि यो वर्षलाई स्मरणयोग्य बनाएका छन् ।
सन् २०२१ मापनि अघिल्लो वर्षजस्तै कोरोनाभाइरसको महामारी विश्व समुदायकालागि चिन्ताको विषयरह्यो । मूलतःखोपको उत्पादन र वितरणमा यो वर्ष विश्वभरका मुलुकहरु धेरै नै रुमल्लिनु परेको छ । खोपको समानुपातिक वितरण र यसकारण उत्पन्न विभेदबारे विश्व स्वास्थ्य संगठनसमेत अन्य सरोकारवालाहरुले निकै लामो र गम्भीर बहस गर्नु पर्याे । यद्दपि, खोपको प्रभावकारी वितरणमा समस्या हुँदा दुनियाँका कयाँै कमजोर आयभएकामुलुकअझै कोरोनाको थप जोखिम भोग्न बाध्य भइरहेका छन् ।
त्यस्तै, सन् २०२१को अगष्टमा अमेरिकाको लुजियाना क्षेत्रमाआएको आइडा आँधीले ५० भन्दा बढि मानिसको ज्यानलिएको थियो भने करिब सातलाखमानिस विद्युतीय सेवाबाट बञ्चितभएकाथिए । बिग्रिएको विद्युत सेवापुनः सञ्चालनगर्न अधिकारीहरुलाई हप्तांै लागेको थियो । आँधीकाकारणसो क्षेत्रकादशौँ हजार मानिस सुरक्षित स्थानतर्फ भागेका समेत थिए ।अघिल्लो हप्तागल्फअफ मेक्सिकोमा देखिएको उच्चतापकाकारण अमेरिकाको लुइजियानाको तटीय क्षेत्रमादुई सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावाचलेको थियो ।
सन् २०२१ को फेब्रुवरीमाभनें म्यानमारले सैन्य कू को सामनागर्नुपर्याे । म्यान्माली सेनाले जननिर्वाचित नेतृ आङ् सान सुचीको सरकारविरुद्ध कू गरेर सत्ताहत्याएको हो ।सेनाले नेसनललिग फर डेमोक्रेसी–एनएलडीका कयौँ नेता तथा कार्यकर्तालार्इ गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको थियो । सैनिक कू पछि म्यानमारमा चर्किएको विरोध प्रदर्शनकाक्रममा मार्च १५मा एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यानगएको थियो । कूको विरोधमाहजारौं मानिसहरूले अद्यपि प्रदर्शन गरिरहेका छन् ।
यता अफगानिस्तानमा भने विद्रोही तालिवानले राजधानी काबुलयो वर्ष नै कब्जामा लिएको हो । राष्ट्रपति अशरफ घानी मुलुक छाडेर पलायन भएपछि राष्ट्रपति भवनमा तालिबान लडाकुहरू प्रवेश गरेकाहुन् । अफगानिस्तानको प्रमुख पूर्वीसहर जलालाबादमा तालिवानको प्रवेशसँगै २० वर्षअघि अमेरिकी सेनाले अफगानिस्तान छाड्नु परेको थियो ।
सन् २०२१ माहाँसिलगरिएको महत्वपूर्ण उपलब्धिमध्ये स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न ‘सीओपी ट्वेन्टी–सिक्स’चासोको विषयबन्यो । विश्वभरकादुई सय मुलुकले रणनीतिक योजना सहित सहभागिता जनाएको यो कार्यक्रमले प्रदुषण नियन्त्रणका लागि आगामीदिनमा विश्वको ध्यान केन्द्रितगर्नुपर्ने क्षेत्रहरु निर्धारण गरेको छ ।
यो वर्ष नै अमेरिकाको सत्तामा समेत व्यापक परिवर्तन भएको छ । आक्राम कशैलीका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प राष्ट्रपतीय निर्वाचनमाजो बाइडेनसँग पराजित भएका हुन् । सत्तामा रहँदानिकै विवादित छवि बनाएका ट्रम्पले यसैकारण दोश्रो कार्यकालकालागि निर्वाचन जित्न नसकेको टिप्पणी हुने गरेको छ ।
सन् २०२१ विश्वभर दुर्घटनाका कारण समेत चर्चामा रह्यो । जसमा इन्डोनेशियामा भएको विमान दुर्घटनामा परेर विमानमा सवार ६२ जनाको मृत्यु भएको घटना प्रमुखहो । यतामेक्सिकोको मेक्सिको सिटीमा एउटा रेल दुर्घटनाग्रस्त हँुदा केही बालबालिका समेत कम्तीमा २६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ७९ जनायात्रु सख्त घाइते भएको बताइएको छ ।
सन् २०२१ मे मा अफगानिस्तानको राजधानी काबुलस्थित एउटा विद्यालय क्षेत्रमा भएको आत्मघाती कार बम विस्फोटमा परी कम्तीमा ९० जनाको मृत्यु भएको थियो । उक्त घटनामा एक सय ५० भन्दा बढी घाइते भएकाथिए । त्यसबेलाउक्त क्षेत्रमादुईटा विस्फोट भएको बताइएको छ ।सन् २०२१ माअधिकलोकप्रिय सामाजिक वेबसाइटको शीर्षस्थानमा टिकटक पुगेको छ । एउटा कम्पनीले गरेको सर्वेक्षण अनुसार यसअघि शीर्षस्थानमा रहँदै आएको गुगललाई टिकटकले यो वर्ष विस्थापन गरेकोहो । विश्वभर टिकटकलाई करिबअर्ब मानिसले मासिक रुपमा हेर्ने गरेको सर्वेक्षणकर्ता कम्पनीले जनाएको छ ।
सन् २०२१ विज्ञान र प्रविधिको क्षेत्रमा समेत व्यापक उपलब्धि हाँसिलगर्न सफल भएको छ । तथ्यअनुशार सन् २०२१ को डिसेम्बरमा सूर्यको बाहिरी सतहमा पहिलोपटक मानव निर्मित प्रोबपुगेको छ । अमेरिकीअन्तरिक्ष संस्थानासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको कोरोनाआर्थत बाहिरी भागमाप्रवेश गरेको हो । मानवनिर्मित यान सूर्यको यति नजिकपुगेको यो पहिलो घटना हो । सूर्यको विज्ञान अध्ययनगर्न यो मिसन सुरु गरिएको नासाले जनाएको छ ।
त्यस्तै, जापानमाभनें टेलिभिजनको स्क्रिनमा चाटेर खानाको स्वादलिनमिल्ने प्रविधिको विकास गरिएको छ । जापानका एक वैज्ञानिकको प्रयासबाट चाट्न सकिने टेलिभिजन स्क्रिनको विकास सम्भवभएको हो ।उक्तटेलिभिजनलाई ‘टेस्ट द टेलिभिजन’नामदिइएको छ ।
News Desk 0 response शुक्रबार, पुस १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





