-
हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख अज्ञात समूहले तोडफोड गरेको छ । बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको हो ।
हनुमान ढोकामा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको पुरानो अभिलेख तोडफोड भएको छ । सो अभिलेख मल्लकालिन समयको अभिलेख हो । अज्ञात समुहले तोडफोड गरेको अभिलेख फुटेर छ टुक्रा भएको छ । बिहिबार राति भएको घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको र शिलालाई पुन सामान्य अवस्थामा व्यवस्थापन गर्न लागी परेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
नेपाल संवत ६ सय ६९ पुरानो राजा प्रताप मल्लको किंवदन्ती छ । यो अभिलेख ३६ पङतीमा रहेको छ । राजा प्रताप मल्लको दुइटी रानी रहेको र दुवै रानिहरुको अकास्मत निधन भएको कारण राजा प्रताप मल्लले शोखमा रहेको बेला अष्टकुर्णकार कृष्ण मन्दिर र विभिन्न गुठीहरुको स्थापना लगायत प्रताप मल्लका विभिन्न कुराहरु समावेस गरेर शिललेख गरिएको किवदन्ती छ । सो शिलालेख तोडफोड भएपछि अरु सम्पदाको पनि सुरक्षा व्यवस्था कडा हुनुपर्ने स्थानीयको भनाइ छ ।
विश्व सम्पदा सुचिभित्रै यस्तो घटना घटिरहँदा पुराना सम्पदाको सुरक्षा कामजोर भएको देखिन्छ । अहिले अभिलेख व्यवस्थापन गर्न हनुमान ढोका हेरचाह केन्द्र लागी परेको र अभिलेख पुन तयार गर्न एक हप्ता लाग्ने हेरचाह केन्द्रले बताएको छ । हनुमान ढोकालाई सुरक्षको व्यवस्था गर्न आफुहरु लागि परेको समेत बताइएको छ ।
मल्लकालिन शिलालेख मात्र नभएर पुरातत्विक सम्पदाहरुको सुरक्षा गर्नु सबैको दायित्वको बिषय हो । ऐतिहासिक सम्पदा संरक्षणमा सरकारसँगै स्थानीयले पनि सरोकारबालाले ध्यान दिनुपर्ने देखिन्छ ।
News Desk 0 response शुक्रबार, पुस १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३

सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३