• बिराटनगरस्थित नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाएको भन्दै एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको छ । विद्यार्थीहरू कलेज प्रवेश गर्न खोज्दा प्रशासनले सुरक्षा गार्ड र बाहिरी मानिसहरु परिचालन गरेर रोक लगाएको विद्यार्थीहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै बुधबारदेखि पठनपाठनमा रोक लगाएको थियो ।

    चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर, कलेज प्रशासनले अतिरिक्त २० लाख शुल्क बुझाउने सर्तमा हस्ताक्षर गरेपछि मात्रै पठनपाठन सुरु गर्ने अडान लिएको छ ।

4565