• नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका छन । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भईसकेको दावी गरेका हुन । उनले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गरे । अध्यक्ष नेपालले एमालेमा केही गरौं भन्ने भावना समेत नरहेको बताए ।

    अध्यक्ष नेपालले जनतालाई सुःखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको दोेहो¥याए । उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिए ।

4565