• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको भन्दै यसको समिक्षा हुनुपर्ने बताउनुभएको छ ।

    आइतबार पार्टीको ८ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता गरेर गल्ती नगरेको भन्दै पुनः एकचोटी समीक्षा गर्नुपर्ने बताउनुभएको हो । प्रचण्डले जारी महाधिवेशनमा पार्टी पंक्ति र आफ्नै वृहत्त आत्मासमीक्षा गरिने पनि बताउनुभयो । माओवादी कमजोर बन्नुमा आफ्नै धेरै गल्ती रहेको उहाको भनाई छ ।

    उहाले पार्टीलाई परिवर्तति अवस्थामा बलियो बनाउनका लागि महाधिवशेन केन्द्रीत हुने जिकिर गर्नुभयो । महाधिवेशन ५ दिनसम्म चल्ने माओवादीले जनाएको छ ।

4565