-
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा काठमाण्डौंमा जारी छ । उद्घाटन सत्रमा बोलाइएका नेताहरुले सम्बोधनमा कम्युनिष्ट पार्टीमा आएको विचलन प्रति चिन्ता र चासो व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा विभिन्न नेताहरुले शुभकामना दिएका छन् । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजलाई लाभ हुने काम गर्न नसकेको अवस्थामा गठबन्धनको औचित्य नहुने बताए । उनले समाजलाई बदल्ने हो भने आर्थिक र समाजिक रुपमा सबै दलको सहकार्य जरुरी रहेको बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियताको नाममा जनतलाइ दास बनाउने कुरा स्वीकार्न नसकिने बताए । उनले समाजवादको लक्ष्य प्राप्तिको लागि सबै दलले समान धारण बनाउनु पर्ने यसको लागि सबै दलसंग छलफल थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाइ आग्रह गरे ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शसस्त्र द्वन्द्वमा बेपत्ता पारिएका परिवारले न्याय पाउनुपर्ने बताए । उनले संविधान संशोधन र परिमार्जन अति आवश्यक काम भएको भन्दै सहमति कायम गरेर अघि बढाउनुपर्ने बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झाले संविधानमा सबैथोक भएपनि केही पनि नभएको बताए ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीले देश बनाउनका लागि अब फरक विचारधारा भएका पार्टीहरु पनि एक हुनुपर्ने बताइन् ।यसैगरि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन चर्को रुपमा अघि बढेकाले पाँच दलको गठबन्धन अझै अघि बढाउनुपर्ने आवश्यकता रहेको बताइन्।
नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेलले अहिले पनि पूर्वमाओवादीहरु एक हुनसक्ने आधार रहेको बताए । उनले अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेजीको प्रस्ताव महाधिवेशनबाट पारित गर्नुपर्ने बताए ।
नेकपा मालेका महासचिव सीपी मैनालीले नेकपा माओवादी केन्द्रलाई ‘नवजीवन’को रुपमा अघि बढाउन सुझाव दिदै १० वर्षे कालखण्ड र आन्दोलनबाट आएको माओवादी केन्द्रले जनताको असन्तोष र इतिहासको फैसलालाई सम्बोधन गर्नुपर्ने बताए ।नेताहरुले कम्युनिष्ट पार्टीका नेताहरुको विचार सहि भएपनि सिद्धान्तमा अडिग नरहँदा विचलन देखा परेको बताएका थिए ।
News Desk 0 response आइतवार, पुस ११, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३