-
प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको बताएकाछन् ।बिहीवार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएकाहुन ।
उनले विधिको शासन र कानूनी राज्य लोकतन्त्रको आधारशिला भएको उल्लेख गरे । मुलुकको शासन प्रभावकारी र पूर्वाग्रहरहित ढंगले चलाउनु राज्यको महत्वपूर्ण जिम्मेवारी भएको उनले बताए । उनले भने – ‘विधिको शासन, कानूनी राज्य लोकतन्त्रको आधारशिला हो । मुलुकको समृद्धि, विकास र मानव अधिकारको संरक्षण विधिको शासनमा निर्भर रहन्छ । तसर्थ विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्नु आवश्यक छ ।
मुलुकको शासन प्रभावकारी, पूर्वाग्रहरहित कार्यान्वयन राज्यको प्राथमिक, महत्वपूर्ण जिम्मेवारी अन्र्तगत पर्दछ । अपराध संहिता लगायतका नयाँ फौजदारी कानूनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षण गरी कानूनी शासनको सुनिश्चितता गराउने कार्यमा यो सिंगो संस्थाको र सरकारी वकिलहरुको महत्वपूर्ण भुमिका हुनेछ ।’
महान्यायाधिवक्ताको कार्यालयले स्थापना कालदेखि नै विधिको शासन प्रवद्र्धन गर्ने काममा भुमिका खेलिरहेको उनको भनाई छ । उनले कानूनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षणमा महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलहरुको भुमिकाको प्रशंसा समेत गरे ।
News Desk 0 response बिहिबार, पुस ८, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३