• बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्युको बिषयलाई लिएर प्रर्दशन भएको छ । सोमबार दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरूममै बेहोस भएका थिए । कलेजको होस्टेलमा बस्ने सहनीको निस्सासिएर मृत्यु भएको हो ।

    विद्यार्थीहरूले क्याम्पसको लापरवाहीले उनको मृत्यु भएको भन्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले होस्टलको ब्यबस्थापनमा लापरवाही भएको आरोप लगाएका छन् ।

4565