• कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली जनताले अत्याधिक मत सहित नेकपा एमालेलाई सरकारको जिम्मेवारी सुम्पनेमा आफु ढुक्क रहेको बताएका छन् । नेकपा एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा आयोजित जन सभालाई सम्वोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपालमा नेकपा एमाले नेतृत्वको सरकारले ठुला ठुला विकास निर्माणका कामहरु गरेर नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको बताए ।


    सो अवसरमा अध्यक्ष ओलीले कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ का जनता समाजवादी पार्टीका नेता मंगल प्रसाद गुप्तालाई नेकपा एमालेमा प्रवेश गराएका छन् । नेता गुप्ता सहित ठुलो संख्यामा कपिलवस्तु क्षेत्र नं. ३ का नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।जन सभालाई नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।

4565