• नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ । निर्वाचित हुनेमध्ये २५ जना देउवा समूह र ९ जना कोइराला समूहका रहेका छन् । दुवै समूहमा रहेका डा. शशांक कोइराला सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहँदै निर्वाचित भएका छन् ।

    निर्वाचितमध्ये १६ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् । उदय शमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महरा, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जय गौतम पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसैगरी डा. गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबाबु शिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे र मोहन आचार्य पहिलो पटक केन्द्रीय सदस्य बन्न सफल भएका छन् ।

4565