-
लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ । सङ्घीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय गरेपछि प्रसारण लाइन विस्तारको समस्या सुल्झिएको हो ।
सङ्घीय मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत–बिजौरा ३३ केभी प्रसारणलाइन आयोजनाको खम्बा तथा राइट अफ वे संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृत दिएको हो । प्रसारणलाइन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाको १० दशमलव ५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयले वीरेन्द्रनगरस्थित बुदबुदे सबस्टेशनबाट बाङ्गेसिमलसम्म निजी जग्गा पर्ने हुँदा स्थानीय सहमति आवश्यक रहेको जनाएको छ । यसअघि उक्त खण्डमा स्थानीयले अवरोध पुर्याउँदा सिद्धपाइला–गोठीकाँडा–फिनिकाँडा हुँदै बराहतालको बड्डीचौरसम्म लाइन विस्तार गर्नुपरेको थियो । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले वन क्षेत्रको समस्या सुल्झिएपछि पश्चिम सुर्खेतमा विद्युत् पुर्याउन सहज भएको बताए । प्रसारण लाइन विस्तारको टुङ्गो नलाग्दा पश्चिम सुर्खेतमा विद्युत्को पहुँच पुग्न सकेको थिएन ।
News Desk 0 response शनिबार, पुस ३, २०७८
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





