• खानेपानी मन्त्री उमाकान्त चौंधरीले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी उपलव्ध गराउने बताएका छन् । शनिवार काठमाडौँमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री चौंधरीले केही समयअघि आएको बाढि र पहिरोका कारण बन्द भएको मेलम्चीको खानेपानी काठमाडौंबासीलाई अस्थायी रुपमा भएपनि छिटोभन्दा छिटो उपलव्ध गराउने बताएका हुन् ।

    कार्यक्रममा मन्त्री चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए । चन्द्रलोक प्रतिष्ठानजस्ता सामाजिक संघ, संस्थाहरुले समाजमा योगदान पु¥याएका व्यक्ति तथा संघ, संस्थाहरुलाई सम्मान गरेर राष्ट्र र जनताको हितमा काम गरिरहेको उनको भनाइ छ ।

4565