• कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटि हत्या गरिएको छ। जानकी गाउँपालिका वडा न ९ अमरावतीका २५ अर्जुन दासको अज्ञात समुहले घाँटी रेटेर बीभत्स हत्या गरेको अवस्थामा शब फेला परेको छ ।

    शरीरलाई रुखमा बाधीको र टाउको शरीरबाट अलग गरि भुईमा राखेको अवस्थामा शनिबार स्थानीय अमरावती सामुदायिक बनमा ती युवकको शब फेला परेको हो।

    शुक्रवार साझ करिव ५ बजे तिर घरबाट साथी संङ्ग जान्छु भनी अर्जुन दास निस्किएको परिवारले जानकारी दिएका छन ।
    तर उनको हत्या किन र कस्ले गर्यो भन्ने बिषयमा जानकारी नभई सकेको प्रहरीले बताएको छ ।

4565