-
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने दावी गरेकाछन् । मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको १० दिन भित्र क्यालिब्रेशन फ्लाईट गर्ने जानकारी समेत दिए ।
शुक्रबार काठमाडौंमा आयोजित वायु सेवा संचालक संघ, नेपालको २१ औं वार्षिक साधारण सभामा बोल्दै उनले व्यवसायीहरुको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि स्मरण गराए । मन्त्री आलेले भने, ‘हामी करिव ७ देखि ८ महिनाको बीचमा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाईट गरेर छिट्टै संचालनमा ल्याउने तयारी गरिरहेका छौं ।
त्यतिमात्रै नभएर गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा मलाई लाग्छ, हप्ता, १० दिन भित्र क्यालिब्रेशन फ्लाईट गर्दैछौं । त्यसलाई पनि छिट्टै संचालनमा ल्याउँदैछौं । आज यहाँ आएर भनिरहँदा यो जुन व्यवसायमा आदरणीय आवद्ध व्यक्तित्वहरु हुनुहुन्छ । हजारौंलाई रोजगार सृजना गर्नु भएको छ । यो राज्यले गर्न सक्नेभन्दा बढि योगदान यहाँहरुले दिनु भएको छ । यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।’
मन्त्री आलेले हवाई उडानको क्षेत्रमा काम गर्ने व्यवसायीहरुले हजारौं नागरिकलाई रोजगारीको अवसर दिएर राज्यले भन्दा बढि काम गरेको भन्दै प्रशंशा पनि गरे । कार्यक्रममा संघका पुनः निर्वाचित अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अग्रजहरुको योगदानकै कारण नेपालको हवाई उडानको क्षेत्रले प्रगति गर्न सम्भव भएको बताए । उनले हप्ता दिनसम्म पनि हवाई उडान भर्नका लागि टिकट पाउन नसक्ने पीडाबाट मुक्ति दिलाउने सफलता आजको दिनमा मिलेको पनि बताए ।
कार्यक्रममा हवाई उडानको क्षेत्रका योगदान दिएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।
News Desk 0 response शुक्रबार, पुस २, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३