• नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएकाछन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उनी निर्वाचित भएकाहुन ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा अनुसार थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत प्राप्त गरेकाहुन । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले एक हजार एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    चार हजार ६८२ मत गणनामा भएकोमा सबैभन्दा बढी मत थापाले ल्याएकाहुन भने शर्माले दोस्रो स्थानमा जीत हासिल गरेकाछन् । महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको थियो ।

4565