• बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट काठमान्डौको लागी उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो ।
    काठमाडौ आउन लागेको युफोर ३६० नाइनएनएइई जहाज १० मिनेटमै अवतरण गराइएको हो । उडेको ३ मिनेटमै सीटमुनिबाट धुँवा फैलिन थालेपछि विमानस्थलमै जहाज अवतरण गराइएको हो ।

    नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् ।भरतपुर विमानस्थलका सूचना अधिकारी विकले जहाजमा धुँवा आउनुको कारण पहिचान भैसनसकेको बताए । उनले कुनै मानवीय क्षति नभएको र जहाजमा ठूलो खराबी नआएको दावी गरे ।

    बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको थियो । यससँगै चितवनबाट हुने हवाई उडान प्रभावितसमेत भएको थियो ।

4565