• सरकार र गणतन्त्र कोरिया सरकारबीच नेपालमा निर्माण क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थ सचिव मधुकुमार मरासनी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्र्क चोङ सुकले सझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

    प्रदेश २ को महोत्तरीमा पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गर्न कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकामार्फत करिब एक अर्ब तीन करोड रुपैयाँ अनुदान दिनेछ । परियोजनापश्चात नेपाल र विश्वबजारमा माग हुने निर्माण क्षेत्रका दक्ष जनशक्तिको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग अर्थ मन्त्रालयले जनाएको छ ।

    प्रदेश २ बाट वैदेशिक रोजगारीमा जानेको संख्या अधिक रहेको अवस्थामा पोलिटेक्निक इन्स्टिच्युट स्थापनाले सीप सिकेर विदेश जान सहयोग मिल्नेछ ।

4565