• नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत उपसभापति पदका उम्मेदवारको मत गणना जारी रहेको छ । ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा साँझ ६ बजेबाट मतगणना सुरू भएको हो । निर्वाचन समितिका अनुसार आज उपसभापतिका उम्मेदवारहरुको मात्रै मत गणना हुनेछ । उपसभापतिको मतपरिणाम आजै रातिसम्म आउने बताइएको छ ।

    बहुप्रतिक्षित महामन्त्रीको मतगणना भने बिहिबारबाट मात्रै गरिने भएको छ । महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मत गणना हुने निर्वाचन समितिको भनाइ छ । कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारी प्रतिस्पर्धामा छन् । कांग्रेसको विधानअनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुनेछन् । उपसभापति लगायत पदाधिकारी र केन्द्रीय सदस्यका लागि सोमबार मतदान भएको थियो ।

4565