• नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको राजनीतिक आकाशमा कालो बादल मडारिरहेको बताएका छन । सोमबार काठमाडौंमा आयोजित अनेरास्ववियुको अखिल एप्स सार्वजनिक कार्यक्रममा नेपालले राजतन्त्रलाई यसअघि हटाएपनि पुन फर्काउने कोसिस भइरहेको भन्दै राजनीतिक आकाशमा देखिएको कालो बादल हटाउनु पर्ने बताए । नेपालले राजनीति गर्न मन लागे पार्टी खोल्न वा राजेन्द्र लिङ्देनलाई अध्यक्ष मानरे राप्रपाको उपाध्यक्ष भएर बस्न पूर्वराजा प्रति कटाक्ष गरे ।

    उनले जनताको बहुदलिय जनबादले मात्र लोकतन्त्रको मुल्यमान्यतालाई आत्मसात गर्ने दावी गरे ।

4565