-
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा शेर बहादुर देउवा सहित ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।शनिबार देउवाका साथै विमलेन्द्र निधि, शेखर कोईराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले कांग्रेस सभापति पदमा उम्मेद्वारी दर्ता गराउनुभएको हो । देउवाको प्यानलमा उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नुभएको छ । त्यस्तै सोहि प्यालनबाटै प्रदीप पौडेल र देउवा निकट प्रकाशशरण महतले महामन्त्रीमा उम्मेदवारी दिएका छन ।
त्यस्तै शेखर कोइराला नेतृत्वको प्यानलबाटउपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिनुभएको छ भने महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिएका छन । त्यस्तै विमलेन्द्र निधिको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराए । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन ।
महामन्त्रीमा सोही प्यानलबाटै बिश्वप्रकाश शर्माले उम्मेद्वारी दर्ता गराएका छन । पार्टीको सहमहामन्त्रीमा २० जनाको उम्मेद्वारी परेको छ भने सदस्यमा सवैभन्दा बढि खुल्लामा १०९ जना र सवैभन्दा कम पिछडीएको क्षेत्रबाट २ जनाको उम्मेद्वारी परेको छ ।नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आइतबार मनोनयन पत्र फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने मतदान सोमबार हुने कांग्रेसले जनाएको छ ।
News Desk 0 response शनिबार, मंसिर २५, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३