-
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हटनुपर्ला कि भन्ने चिन्ता लागेको बताउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पुष्पकमल दाहाल र माधव नेपालप्रति संकेत गर्दै काँग्रेसले औंला छाडलाकि भनेर उनीहरुले सधैं सँगै जानुपर्छ भन्ने गरेको दावी समेत गर्र्नु भयो ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले सँगै जानुपर्छ भनेको सरकारमात्रै होकि, देश बनाउन सँगै जाने भनेको हो ? भनि प्रश्न गर्नु भयो । त्यस अवसरमा अध्यक्ष ओलीले काँग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई सरकारको पनि नेता हुन शुभकामना दिनु भयो । देउवा प्रधानमन्त्री मात्रै होईन, सरकारको नेता हुनुपर्ने उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले नेपाली काँग्रेसलाई अरुका नीतिका पछाडि नभई आफ्नो नीतिमा चलाउन सक्ने बनाउन पनि सो महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘केही साना दलहरुलाई काँग्रेसले औंलो समाउन दिएन भने के होला भन्ने पीर छ । सधैं सुन्छु–सँगै जानु पर्छ, सँगै जानुपर्छ । सँगै जानुपर्छ भनेको सरकारमा मात्रै हो कि, देश बनाउन सँगै जाने हो ? देश बनाउन सँगै जाने कुरामा नेकपा एमाले नेपाली काँग्रेसको साथमै छ नेकपा एमाले ।
हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं । प्रतिपक्ष भनेको के संसदको अंग होईनम ?हामी साथमा छैनौं ? लोकतन्त्रको सवालमा । हामीसँगै लडेका छैनौं लोकतन्त्रको सवालमा ? त्यसकारण सरकारमा हटनुपर्ला भन्ने कतिपयलाई चिन्ता होला । नेकपा एमाले एक्लै हिँडने रहर पनि गर्दैन । हामी राष्ट्र निर्माणको काममा एकजुट भएर अघि बढनुपर्छ । नेपाली काँग्रेस सबैलाई साथ लिएर अगाढि चलोस, मेरो कुनै आपत्ति छैन । तर नेपाली काँग्रेस अरुका नीतिका पछाडि होईन, आफ्ना नीतिमा चलोस । आफना नीतिमा अरुलाई हिँडाओस् । शेरबहादुर जी प्रधानमन्त्री मात्रै होईन, सरकारको नेता हुनुहोस भन्ने मेरो शुभकामना छ ।’
एमाले अध्यक्ष ओलीले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुकको समृद्धि र विकासका लागि आफ्नो पार्टी नेपाली काँग्रेसलाई साथ दिन सदा तयार रहेको पनि बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था फर्काउनपर्छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यस्ता निधाधार सिद्धान्तको कुरा नगर्न चेतावनी दिनु भयो । अध्यक्ष ओलीले लिङदेनलाई भर्खर अध्यक्ष भएको रापतापमा नागरिकको स्वाभिमाननै छाडिदिने खालको, नागरिकबाट कोही नेता हुन सक्दैनन् भन्ने खालको अभिव्यक्ति आएपनि केही समयमै ठेगान लाग्ने दावी पनि गर्नु भयो ।
अध्यक्ष लिङदेनको सो भनाईप्रति व्यंग्य कस्दै अध्यक्ष ओलीले भर्खरभर्खर जन्मेको बाछो हिँडन नजान्ने तर बढि कुद्ने गरेको बताउनुभयो । उहाँले भन्नु भयो, ‘एउटा आज पनि नेपालका नागरिकले नागरिक स्वाभिमान बिर्सने जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त, अचम्म लाग्छ, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मानेर कोही जन्मिदै यस्तो शासक भएर जन्मिन्छ भन्ने यस्ता निराधार सिद्धान्त, संयुक्त राष्ट्र संघको मान्यता भन्दा विपरितका सिद्धान्त, खासगरी भन्ने हो भने नागरिक स्वाभिमानको विपरित सिद्धान्त, नागरिक स्वाभिमाननै छोडिदिने ?अनि नागरिकबाट कोही नेता हुन सक्दैन, हरेक नेता चोर हुन्छ यस्ता कुरा बोकेर हिँडने ? हुनत भर्खरभर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई । त्यस रापतापमा अलिकति भर्खर भर्खरको बाछो हिँडन जान्दैन, बढि कुद्छ क्या । नयाँनयाँ सभापति भाको, अलिकति रापताप होला । अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।अध्यक्ष ओलीले आफ्नो गौरवपूर्ण इतिहासलाई कायम राखेर अघि बढन पनि नेपाली काँग्रेसलाई आग्रह गर्नु भयो ।
News Desk 0 response शुक्रबार, मंसिर २४, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३





