-
नेपाली काँग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको द्धीप बालेर उद्घाटन गरेकाछन् । महाधिवेशनको उद्घाटन हुनुअघि विभिन्न समूदायलाई प्रतिनिधित्व गर्दै साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
‘उत्साह, एकता, रुपान्तरण ः सफल बनाऔं नेपाली काँग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा (माले)का महासचिव सिपी मैनालीसहितका नेताहरु सहभागी भएकाछन् भने नेकपा अध्यक्ष केपी शर्मा ओली केहि ढिलागरि आएका थिए । महाधिवेशनमा करिव ४ हजार ६ सय प्रतिनिधिहरु सहभागी भएका छन ।
महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने अन्य ३५ जना खुला केन्द्रिय सदस्य मनोनित हुनेछन । काँग्रेस केन्द्रिय कार्य समितिका पदाधिकारीमध्ये १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रिय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । महाधिवेशनमा सभापतिका लागि प्रधानमन्त्री देउवाले उम्मेदवारी दिएकाछन् भने संस्थापन इतर पक्षबाट भनेअझै सभापतिको उम्मेदवार तय हुन सकेको छैन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह र केन्द्रिय सदस्य डा. शेखर कोईरालाले आ–आफ्नै दावी नछाडेपछि संस्थापन इतर पक्षले अझै सभापतिको साझा उम्मेदवार तय गर्न नसकेको हो । यसैबीच, नेपाली काँग्रेसको महाधिवेशन स्थलमा पार्टी पदाधिकारी र केन्द्रिय सदस्यका आकांक्षीहरुले आ–आफ्नो प्रचार अभियानलाई पनि तीब्रता दिईरहेका छन ।
News Desk 0 response शुक्रबार, मंसिर २४, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३