• स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोना संक्रमणकै कारण अव मुलुकमा लकडाउन नहुने बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरिसकेकोले महामारीको अवस्था सिर्जना नहुने मन्त्री खतिवडाको दाबी छ ।

    समाजवादी प्रेस संगठन नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले एक साता भित्रमा नै देशभर कोरोना महामारी नियन्त्रणको खोप लगाईने बताए । देशभरको वडा तहसम्म पुग्ने गरी १६ हजार स्थानमा खोपकेन्द्र राखी खोप लगाईने तयारी भईरहेको उनले वताए ।

    हाल नेपालको सहरी क्षेत्रका ८० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लिइसकेको मन्त्री खतिवडाको भनाइ छ । तर, ग्रामीण क्षेत्रमा भने यो संख्या कम रहेकोले ग्रामिण भेगलाई लक्षित गरी खोप सेवा सुरु गरिने उनले बताए ।

    जिल्ला अस्पताल त्रिशूलीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा नुवाकोट पुगेका मन्त्री खतिवडाले स्वास्थ्य पहुँचमा कुनै पनि नागरिक बन्चित नहुने गरि सरकारले काम गरिरहेको दाबी गरे ।

4565