-
दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको उत्परिवर्तन स्वरुप ओमिक्रोन नेपालमा पनि देखापरिसकेको छ । अहिले सम्मको अध्ययनले यो उत्परिवर्तनलाई खतरनाक मानेको छ । नेपालमा पनि यो भाइरस पुष्टि भएकाले समूदाय स्तरमा फैलन नदिन तत्काल कार्ययोजना बनाउन विज्ञहरुले सुझाव दिएका छन् ।
नेपालमा पनि कोरोना भाइरसको उत्परिवर्तन स्वरुप ओमिक्रोन पुष्टि भएसंगै सर्वत्र चासो र चिन्ता बढ्न थालेको छ । हाल देखिएका उत्परिवर्तन स्वरुपहरु मध्ये बढि संक्रामक मानिएको ओमिक्रोन नेपलामा पनि पुष्टि भएपछि समुदाय स्तरमा फैलन हो की भन्ने आंशकमा उत्पन्न हुन थालेको छ । सरकारले नयाँ भेरियन्ट देखिएका संक्रमितको खोजी र परीक्षण दायरा बढाउन आवश्यक रहेको स्वास्थ्य विज्ञहरुले औंलाएका छन् । उनीहरुले सीमा नाकाहरुमा जाँचमा कडाइका साथै क्वारेन्टीन तथा आइसोलेसनमा ध्यानदिनुपन विज्ञ बताउँछन् । नयाँ भेरिएन्टको जोखिम कम गर्न कोरोना भाइरस विरुद्धको बुस्टर डोज उपयुक्त हुने देखिएको छ ।
हाल नेपालमा कोरोना संक्रमणको अवस्था हेर्दा केहि कम भएको देखिन्छ । तर दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन १२ दिन पछि नेपालमा समेत पुष्टि भयो । हालसम्म कै संक्रामक मानिएको भेरिएन्ट नेपालमा पुष्टि हुनुले संक्रमणको जोखिम थप बढाएको छ । विश्व स्वास्थ्य संगठनले समेत दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको बताएको छ । तर अहिलेको अवस्थामा नयाँ भेरिन्एट देखिदैमा डर र चिन्ता मान्नु भन्दा पनि कोरोना संक्रमणबाट बच्न अपनाउदै आएको स्वास्थ्य मापदण्ड राम्रोसंग पालना गर्नु पर्ने विज्ञ बताउँछन् ।
कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनकोे लक्षणबारे पूर्णरुपमा यकिन भइसकेको छैन । तर अहिले सम्मको अध्ययनले यो भाइरस पहिला देखिएको भेरिएन्ट भन्दा कडा पुष्टि भैसकेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आवश्यक योजना बनाउनुपर्ने देखिन्छ । साथै नागरिकहरुले पनि स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न जरुरी छ ।
News Desk 0 response मङ्लबार, मंसिर २१, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३